news-73

श्री सबै कृषि सहकारी संस्था लि.हरु 

प्रस्तुत सन्दर्भमा, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मिति २०८२।१२।०८ को सूचना अनुसार बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाहरुको 'दर्ता अभिलेखीकरण' गर्ने अन्तिम म्याद मिति २०८२/१२/१७ सम्म रहेको सबैमा जानकारी भएकै विषय हो । सहकारी ऐन २०७४ को दफा २(ज) अनुसार बचत तथा ऋणको समेत मुख्य कारबोरमा रहेका कृषि सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गर्नु पर्ने वा नपर्ने विषयमा सम्बन्धित मन्त्रालय, विभाग, प्राधिकरण, कानुनविज्ञ, सहकारी अभ्यासकर्ता, विकास बुद्धिजीवी र सरोकारवालाहरुसँग यस संघले विभिन्न चरणमा भेटघाट, वार्ता र छलफल चलाएको विषय समेत सबैमा जानकारीनै छ। कृषि सहकारी संस्थाहरुको सेवाको प्रकृति, कार्यप्रणाली, अभ्यास र मान्यतासँग प्राधिकरणबाट गरिएका कतिपय विषयमा सहमत हुन नसक्दा नसक्दै पनि कृषि सहकारी संस्थाहरुका लागि छुट्टै व्यवस्था नभएसम्मका लागि एउटा प्रभावकारी नियमन व्यवस्था अन्तर्गत रहनु संस्थागत सुशासन, दिगोपना र वैधानिक आवश्यकता हो। यसै सन्दर्भमा यस संघको मिति २०८२।१२।०७ गतेको सञ्चालक समितिको बैठकबाट प्राधिकरण समक्ष गरिएको अनुरोध अनुसार प्राधिकरणले हाल देहाय बमोजिमका व्यवस्था गरिदिने भएको समेत जानकारी गराउन चहान्छौं :
१. राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेख गर्दा पनि कृषि सहकारी संस्थाको पहिचान यथावत रहने तथा प्राधिकरणले प्रदान गर्ने सञ्चालन ईजाजत पत्रमा "बचत तथा ऋणको मुख्य कारोबार/कृषि" वा "बचत तथा ऋणको समेत कारोबार गर्ने कृषि सहकारी थप गर्ने ।
२. कृषि सहकारी संस्थाहरुले कृषिमा भएको लगानी (कर्जा लगानी समेत) को पोर्टफोलियो वर्गीकरण स्पष्ट राख्ने । उक्त पोर्टफोलियो प्रष्ट देखिने गरी प्राधिकरणले यस केन्द्रीय संघको समेत प्राविधिक समन्वयमा आफ्नो सफ्टवेरमा आवश्यक परिमार्जन गर्ने ।
३. हालसम्म दर्ता अभिलेखीकरण भइसकेका कृषि सहकारी संस्थाहरुलाई प्रदान गरिने ईजाजत पत्रमा समेत कृषि शब्द थप गरिदिने ।
४. ऐन र नियममा रहेको मुख्य कारोबार सम्बन्धी परिभाषा, सहकारीको वर्गीकरण र गर्न पाउने कार्यहरुका अव्यवहारिक व्यवस्थाहरुका कारण मुलुक कै कृषिको रुपान्तरणमा उदाहरणीय योगदान गरेका कृषि सहकारीको अभियानलाई प्रवद्धन गर्न सम्बन्धित निकायहरुमा प्राधिकरणले समेत पहल गरिदिने ।
राज्यको सशक्त साझेदारको रुपमा कार्यरत हामी कृषि सहकारी संस्थाहरु ऐन, नियम र कानुनहरुको पूर्णपालनामा प्रतिवद्ध रहेकाछौं। 

तसर्थ सहकारी ऐन २०७४ को दफा २(ज) बमोजिम बचत तथा ऋणको समेत मुख्य काराबार गरेका कृषि सहकारी संस्थाहरुले मिति २०८२/१२/१७ भित्रमा तोकिएको दस्तुर बुझाएको बैंक भौचर र तोकिएका विवरण सहित तोकिए बमोजिम दर्ता अभिलेखीकरण गर्न हार्दिक अनुरोध गर्दछौं ।

भवदीय 

एकराज उप्रेती

अध्यक्ष

नेपाल कृषि सहकारी केन्द्रीय संघ  लि

अभिलेखिकरण मापदण्ड र User Manual Google Drive Link:

https://drive.google.com/drive/folders/1I-kMAYs8GQ4PZkro-Stbw2xlqLcJ3eUk?usp=sharing

User Comments

No comments yet. Be the first to comment!

Leave Your Comments

Your email address won't be disclosed. Mandatory fields are indicated with an asterisk (*).